काठमाडाैं । क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा एक अमेरिकी यात्रुवाहक विमान पल्टिएर जमिनमा उल्टो परेको अवस्थामा पुग्दा त्यसमा सवार केही यात्रुहरू घाइते भएका बताइएको छ ।
अमेरिकी सहर मिनिसोटाबाट उडेको डेल्टा एअरलाइन्सको उडानमा सवार रहेका सबै ८० जना मानिसहरूको उद्धार गरिसकिएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ ।
दुर्घटनाग्रस्त उक्त विमान टोरन्टो पिअरसन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा छ ।
स्थानीय समय अनुसार दुर्घटना सोमवार दिउसो २ बजेर १५ मिनेट जाँदा भएको थियो ।
प्रहरीले दुर्घटनाको कारण अहिलेसम्म थाहा नभए तापनि “अधिकांश यात्रु सकुशल रहेको” जनाएको छ ।
१८ जनालाई अस्पताल पुर्याइएको छ । एक बालकसहित तीन जनालाई गम्भीर चोट लागेको बताइएको छ ।
बीबीसी
