सिरहामा हवाई फायर गरेर दुई भारतीय पक्राउ

काठमाडौं । सिरहाको मार्डरमा प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरू लागुऔषध कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बिहीबार बिहान गस्तीमा खटिएको प्रहरी टोलीलाई देखेपछि उनीहरू भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद गरिएको ब्युरोले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *