एनपीएलमा आज जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ । पहिलो खेलमा पराजय बेहोरेको जनकपुरका लागि यो खेल पुनरागमनको अवसर हुनेछ भने काठमाडौं प्रतियोगितामा जितसहित यात्रा सुरू गर्ने योजनामा छ ।

पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित जनकपुर यसपटक जित निकाल्दै अंकतालिकामा खाता खोल्न चाहन्छ । तर, त्यसका लागि टोलीले ब्याटिङमा उल्लेख्य सुधार गर्नुपर्ने देखिन्छ ।

कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुरले अपेक्षाअनुसार ब्याटिङ गर्न नसक्दा हार बेहोरेको थियो । पहिलो खेलमा देखिएको ब्याटिङ कमजोरी सुधार गर्नु जनकपुरको मुख्य चुनौती हुनेछ ।

जनकपुरका कप्तान हर्मीत सिंहले पनि पहिलो खेलपछि ब्याटिङमा कमजोरी रहेको स्वीकार गर्नुभएकाे थियाे । उहाँले आगामी खेलमा सुधारिएको प्रदर्शन गर्ने बताउनुभएकाे थियाे ।

उता, काठमान्डु गोर्खाज भने प्रतियोगिताको सुरूवात नै जितबाट गर्ने लक्ष्यमा छ । जनकपुरको कमजोर ब्याटिङको फाइदा उठाउँदै काठमाडौं दबाब सिर्जना गर्न चाहन्छ ।

जनकपुरका लागि यो खेल पहिलो हार बिर्सिएर लयमा फर्कने अवसर हो भने काठमाडौंका लागि बलियो सुरूवात गर्ने मौका । त्यसैले बिहीबारको प्रतिस्पर्धामा दुवै टोलीका लागि जित महत्त्वपूर्ण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *