काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि टिकटको मूल्य सार्वजनिक गरेको छ ।
क्यानले सार्वजनिक गरेको मूल्यसूचीअनुसार लिग चरणका खेल हेर्न साधारणतर्फ ५०० रुपैयाँ र प्रिमियमतर्फ १ हजार रुपैयाँ तिर्नुपर्नेछ ।
त्यस्तै, एलिमिनेटर तथा नकआउट चरणका खेलका लागि साधारण टिकटको मूल्य १ हजार रुपैयाँ र प्रिमियम टिकटको मूल्य २ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तो छ टिकटको मूल्य
लिग चरण
* साधारण (जनरल): ५०० रुपैयाँ
* प्रिमियम: १ हजार रुपैयाँ
एलिमिनेटर तथा नकआउट चरण
* साधारण (जनरल): १ हजार रुपैयाँ
* प्रिमियम: २ हजार रुपैयाँ
टिकटको मूल्य सार्वजनिक भएसँगै एनपीएलको तेस्रो संस्करणका खेल हेर्न चाहने दर्शकले आफ्नो बजेटअनुसार टिकट छनोट गर्न सक्नेछन् ।
