तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैँ पर्वका अवसरमा काठमाडौं उपत्यकामा तीन हजार ५८५ यात्रुले लाभ लिएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् ।

यस्तै सशस्त्र प्रहरीबाट सञ्चालित दुई वटा बसले अष्टमी, नवमी र दशमीका दिन गरी दुई हजार १७९ यात्रुलाई काठमाडौं उपत्यकामा निःशुल्क सवारी सेवा दिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयाे ।

दसैँको समयमा सार्वजनिक सवारीसाधनको कमी हुने हुँदा यात्रुको आवागमन सहज तुल्याउन यो सेवा दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *