दुई जनाको जीवितै उद्धार भएको सुरुङमा एकको शव फेला

काठमाडौं । भोटेकोशी बाढीबाट क्षति पुगेको रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र एक जनाको शव फेला परेको छ ।

शुक्रबार बिहान सुरुङभित्र फसेका दुई जनाको सकुशल उद्धार गरिएको केही समयपछि उद्धारका लागि सुरुङभित्र प्रवेश गरेको टोलीले एक जनाको शव फेला पारेको हो ।

शुक्रबार बिहान उक्त सुरुङबाट मेकानिकल फोरम्यान ३० वर्षीय सञ्जय साह र मेकानिकल सुपरभाइजर ४५ वर्षीय कबीर महर्जनको सकुशल उद्धार गरिएको थियो ।

उद्धार टोलीले सुरुङभित्र थप खोजी तथा उद्धार कार्य जारी राखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *