काठमाडाैं । भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा एउटै घरबाट २४ जनाको शव फेला परेको छ ।
सुरक्षाकर्मीले खोज तथा उद्धारका क्रममा बेत्रावतीस्थित एक घरमा उत्खनन गर्दा १३ महिला, १० पुरुष र एक बालकसहित २४ जनाको शव फेला पारेका हुन् ।
बाढी तथा पहिरोले पुरिएको अवस्थामा रहेका शवहरू सुरक्षाकर्मीले उत्खनन गरी बाहिर निकालेका थिए । फेला परेका सबै शवलाई आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि काठमाडौं पठाइएको जनाइएको छ ।
घटनास्थलमा अझै पनि खोज तथा उद्धार कार्य जारी रहेको छ ।
