काठमाडौं । काठमाडौंको कीर्तिपुरमा एउटा निजी कारभित्र एक व्यक्ति जलेको अवस्थामा भेटिएका छन् । कीर्तिपुरको चाँदनीचोकमा कारसहित जलेको अवस्थामा फेलापरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
कारभित्र आगलागी कसरी भयो, मृत्यु आगो लाग्नुअघि भएको हो वा आगलागीकै कारण भएको हो भन्ने विषय अहिले प्रहरी अनुसन्धानको केन्द्रमा छ ।
काठमाडौं प्रहरीका एसपी पवन भट्टराईको नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी भट्टराईले बताउनुभयो ।
