मनसुन सक्रिय भएसँगै उपत्यकामा डुबानको जोखिम, आज राति र भोली सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा डुबानको जोखिम बढेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका विनोद पराजुलीले आज राति र भोलि काठमाडौं उपत्यकामा वर्षासँगै यहाँका नदीखोलाको जल सतह बढ्ने सम्भावना भएकाले नदीकिनारका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गर्नुभएकाे छ ।

उहाँका अनुसार विशेषगरी होचा स्थान,नदी तथा खोला किनार र आसपास बसोबास गर्ने नागरिकले उच्च सतर्कता अपनाउन आवश्यक छ । देशभर मनसुन सक्रिय भएकाले अधिकांश स्थानमा वर्षा हुने सम्भावना बढेकाले मौसम तथा बाढीसम्बन्धी सूचनामा अद्यावधिक रहन आग्रह गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *