जयविर सिंह देउवालाई एक हप्ताभित्र बयानका लागि उपस्थित हुन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्र

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयविरलाई पनि पत्र काटेको छ ।

सोमबार विभागका अधिकारीहरूले बुढानिलकण्ठ नगरपालिका-२ स्थित भत्काउँदै गरेको निवास बाहिर सूचना टाँस गरिएको हो ।

योसँगै जयविरमाथि पनि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरू भएको हो ।

जयविरलाई ७ दिनभित्र विभागको कार्यालय हरिहरभवन ललितपुरमा उपस्थित हुन पत्र लेखिएको छ ।

बयानका लागि नआए कानुन बमोजिम कारबाही हुने विभागले जनाएको छ ।

बूढानीलकण्ठस्थित खण्डहर बनेको देउवा निवासमा विभागले सूचना टाँसेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *