नेपाल राष्ट्र बैंकले तोक्यो आजको विनिमय दर, डलर १५० रुपैयाँ ५० पैसामा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले तोकेअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ०८ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० रुपैयाँ ११ पैसा र बिक्रीदर ११० रुपैयाँ ५५ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा र युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ६६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैंकले आवश्यकताअनुसार यो दर जुनसुकै समयमा पनि संशोधन गर्न सकिने स्पष्ट पारेको छ । वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने फरक हुनसक्ने भएकाले अद्यावधिक दरका लागि केन्द्रीय बैंकको आधिकारिक वेबसाइट हेर्न सुझाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *