प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले लिए शपथ

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को अस्थायी भवनमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् ।

सांसदहरू आ–आफ्नै भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *