यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर, युके पाउन्ड र सिंगापुर डलरको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १ सय ५० रुपैयाँ ७ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ६७ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १ सय ४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ५० रुपैयाँ ४९ पैसा तोकिएको थियो ।

युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २ सय १ रुपैयाँ ३० पैसा र बिक्रीदर २ सय २ रुपैयाँ ११ पैसा छ । हिजो युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २ सय १ रुपैयाँ ७८ पैसा कायम थियो ।

आज युरोपियन युरो एकको खरिददर १ सय ७४ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ७४ रुपैयाँ ८७ पैसा छ । हिजो आज युरोपियन युरो एकको खरिददर १ सय ७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ७४ रुपैयाँ ४७ पैसा थियो ।

आज स्विस फ्रयाङ्क एकको खरिददर १ सय ९० रुपैयाँ २३ पैसा र बिक्रीदर १ सय ९० रुपैयाँ ९९ पैसा कायम गरिएको छ । हिजो स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १ सय ९१ रुपैयाँ १८ पैसा कायम गरिएको थियो ।

आज अष्ट्रेलियन डलर एकको खरिददर १ सय ४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १ सय ५ रुपैयाँ २ पैसा छ । हिजो अष्ट्रेलियन डलर एकको खरिददर १ सय ४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १ सय ४ रुपैयाँ ९१ पैसा थियो ।

आज क्यानेडियन डलरको घटेको छ । आज क्यानेडियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ २४ पैसा छ । हिजो क्यानेडियन डलर एकको खरिददर १ सय ९ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ५२ पैसा थियो ।

आज सि‌ंगापुर डलरको भाउ भने बढेको छ । आज सि‌ंगापुर डलर एकको खरिददर १ सय १७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ८३ पैसा तोकिएको छ । हिजो सि‌ंगापुर डलर एकको खरिददर १ सय १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय १७ रुपैयाँ ६६ पैसा तोकिएको थियो ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा तथा चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ७६ पैसा र बिक्रीदर २१ रुपैयाँ ८५ पैसा छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ र बिक्रीदर ४० रुपैयाँ १६ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ १६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३२ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६२ पैसा र बिक्रीदर चार रुपैयाँ ६४ पैसा छ ।

युएई दिराम एकको खरिददर ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर ४१ रुपैयाँ २ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रुपैयाँ छ ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २ पैसा र बिक्रीदर १० रुपैयाँ ६ पैसा तथा स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १५ पैसा र बिक्रीदर १६ रुपैयाँ २२ पैसा छ ।

डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ३१ पैसा र बिक्रीदर २३ रुपैयाँ ४० पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २० पैसा र बिक्रीदर १९ रुपैयाँ २७ पैसा तोकेको छ ।

कुवेती दिनार एकको खरिददर ४ सय ८९ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४ सय ९१ रुपैयाँ ५८ पैसा तथा बहराइन दिनार एकको खरिददर ३ सय ९७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३ सय ९९ रुपैयाँ ७ पैसा कायम छ ।

ओमनी रियाल एकको खरिददर ३ सय ८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३ सय ९१ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *