शानदार म:म पसलमा आगलागी अपडेट: मृत्यु हुनेको संख्या चार पुग्यो

काठमाडौं । कमलपोखरीस्थित शानदार मःमः पसलमा गत माघ २३ गते ग्यास लिक भइ आगलागी हुँदा घाइते भएका थप एकजनाको मृत्यु भएको छ ।

आगलागीमा परी घाइते भइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारत काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका धुनखर्क घर भइ हाल काठमाडौं कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिनुभयाे ।

उहाँले भन्रुभयाे, ‘आगलागीमा परी घाइते भएका लामाको गएराति मृत्यु भएको छ । हाल सात जनाको उपचार भइरहेको छ ।’

यसअघि उदयपुरको उदयपुरगढी–७ घर भइ हाल काठमाडौं बस्ने २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रबिन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *