Advertisement

लागु औषधसहित दुई युवा प्रहरीकाे नियन्त्रणमा


सन्तोष रुचाल, धनकुटा । घर खानतलासी गर्दा लागु औषध राखेको भेटिएपछि धनकुटाका दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

धनकुटा नगरपालिका-६ रमाइलो घुम्तीका-२३ बर्षीय रुपेश मरिक र वडा नं ७ सिरवानीका २९ बर्षीय प्रबिण भनिने हरीसुन्दर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । तीन दिन अघि धनकुटाको चौबिसे गाउँपालिका–७ बुढीमोरङ घर भई धरान–१९ सगरमाथा चौक बस्दै आएका २३ बर्षीय भीमराज लिम्बुलाई धनकुटाको मदनचौकबाट प्रहरीले लागु औषधसहित पक्राउ गरेको थियो ।

उनको साथबाट लागु औषध एभिल ४४ एम्पुल, लुप्रिजेसिक ३८ एम्पुल र डाइजेल्याब ४८ एम्पुल प्रहरीले बरामद गरेको थियो । धनकुटा बसपार्कमा हिडडुल गर्दै गरेका लिम्बूलाई डिउटी रहेको प्रहरीले शंका लागेर उनले बोकेको झोला चेकजाँच गर्दा लागु औषध प्रयोग गर्ने ४ वटा सुई र २ बोतल वियर समेत प्रहरीले बरामद गरेको थियो ।

पक्राउ परेका लिम्बूलाई अनुसन्धान गर्ने क्रममा सोधपुछ गर्दा उनले धनकुटाका रुपेश र हरीसुन्दरको नाम लिएका थिए । सोही आधारमा हरीसुन्दरको घर खानतलासी गर्दा कोठाबाट लागु औषध एभील २० एम्पुल, लुप्रिजेसिक २० एम्पुल, डाइजेल्याब २० एम्पुल र प्रोमेथाजिन २० एम्पुल बरामद भएपछि हरीसुन्दर र रुपेशलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताउनुभयाे ।

‘घर खानतलासी गर्दा लागु औषध भेटिएपछि दुवै जनालाई पक्राउ गरेका छौं । उहाँले भन्नुभयाे–‘संलग्न तीनै जनालाई हिरासतमा राखेर थप अनुसन्धान गर्छौ ।’ पक्राउ परेका हरीसुन्दर टेम्पु चालकसमेत हुन् ।

उहाँले घरमा लागु औषध भण्डारण गरी आफु पनि प्रयोग गर्ने र अरु प्रयोगकर्तालाई बिक्री वितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको एसपी अधिकारीले बताउनुभयाे ।

पक्राउ परेका तीनै जनाविरुद्ध जिल्ला अदालत धनकुटामा लागु औषध सम्बन्धि प्रहरीले मुद्दा दायर गरेको छ ।

मुद्दा दायर गरेर अदालतबाट पाँच दिनको म्याद थप गरेर उनीहरुको कारोवारका विषयमा अनुसन्धान गरी रहेको प्रहरीले बताएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement