Advertisiment

अब यती एयरलाइन्सकाे काठमाडौं–सिमरा नियमित उडान


काठमाडाैं । यती एयरलाइन्सले काठमाडौं–सिमरा नियमित व्यवसायिक उडान गर्ने भएको छ।

पछिल्लो समय व्यस्त मानिएको यो रुटमा यतीले उडान गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिइसकेको छ।

यतीले प्राधिकरणबाट दैनिक ३ उडान गर्नका लागि अनुमति पाएको छ। अहिलेको समयमा भने उसले न्यूनतम उडानबाट सुरु गर्ने तयारी गरेको छ।

यतीले अक्टुबर ७ देखि नियमित उडान सुरु गर्ने तयारी गरिरहेको छ। एयरलाइन्सले सुरुमा दैनिक १ उडान गर्ने बताएको छ।

७२ सिट क्षमताका पाँच एटिआर ७२ जहाज र ५ जेटस्ट्रिम भएको यतीले यात्रुको माग धेरै भएको भन्दै उडानको योजना बनाएको हो।

काठमाडौं–सिमरा रुटमा यसअघि बुद्ध एयरले एक्लै उडान गर्दै आएको थियो।

उडान तालिका भएपनि नेपाल एयरलाइन्सले निमयित उडान गरिरहेको थिएन। लकडाउन अगाडि सिमरा उडानका लागि श्री एयरले पनि आवेदन दिएको थियो।

श्रीले पनि उडान गर्ने तयारी गरिरहेको छ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment