Advertisement

स्वास्थ्य सामग्री हस्तान्तरण

कोभिड व्यवस्थापन समिति, बझाङलाई ७० वटा अक्सिजन सिलिण्डरसहितका विभिन्न स्वास्थ्य सामग्री सहयोग


बझाङ । वर्ल्ड भिजन इन्टरनेसनल नेपालले जिल्ला कोभिड व्यवस्थापन समिति, बझाङलाई ७० वटा अक्सिजन सिलिण्डरसहितका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

उक्त संस्थाको सहयोगमा जिल्लास्थित साझेदार संस्था प्रगतिशिल युवा समाजको समन्वयमा २२ लाख ६४ हजार ७ सय २८ रुपैयाँ बराबराको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको प्रगतिशिल युवा समाजका प्रवन्ध र्निदेशक लवराज जोशीले बताउनुभयो ।

उक्त सामग्री प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement