Advertisement

यि हुन् जाडोमा मुखबाट बाफ निस्कने कारण



काठमाडाैं । जाडो लागेपछि बिहान कुहिरो लाग्ने, साँझमा ठिहिर्‍याउने र तातो खानेकुरा खान मन लाग्ने हुन्छ । अनि जाडोमा एउटा रमाइलो घटना हुन्छ जसले बच्चाहरूलाई धेरै रोमाञ्चित गर्छ । त्यो भनेको मुखबाट बाफ निस्कनु हो ।

जाडोमा मात्र किन मुखबाट बाफ निस्कन्छ ? गर्मीमा वा अन्य ऋतुमा किन निस्कँदैन त ?

खासमा सास लिने प्रक्रियाले शरीरमा कार्बन डाइअक्साइड र पानी बनाउँछ ।

हाम्रो फोक्सोले यो पानीलाई वाष्पीकरण गरेपछि जलवाष्पका रूपमा मुख वा नाकबाट त्यो बाफ निस्कन्छ । सास लिँदा अनि खाना पचाउँदाखेरी पनि पानी बन्छ ।

हामीले दिनदिनै पिउने पानी पिसाब, पसिना र बाफबाट बाहिर निस्कन्छ । जाडोका दिनमा शरीरको भन्दा वायुमण्डलको तापक्रम धेरै कम हुन्छ । शरीरमा भएको जलवाष्प सासका साथ बाहिर आउँदा तुरुन्तै घनित हुन्छ र पानीको ससानो थोपाको बादल बन्छ ।

त्यो बादल नै धूँवा जस्तो देखिन्छ । त्यसैलाई हामी बाफ निस्केको भन्छौं ।

गर्मीमा चाहिँ शरीरबाहिरको वायुमण्डलको तापक्रम एकदमै धेरै हुन्छ । त्यसैले जलवाष्प बाहिर आउँदा त्यो घनित हुन पाउँदैन । वाष्पीकरण क्रिया पनि एकदमै छिट्टो हुन्छ । त्यसैले गर्दा गर्मीमा मुखबाट बाफ निस्कँदैन ।

एजेन्सी 

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement