बलिउडका चर्चित संगीतकार वाजिद खानको ४२ बर्षको उमेरमा निधन

पढ्न लाग्ने समय : मिनेट

बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ ।  आइतबार राती उनको ४२ बर्षको उमेरमा निधन भएको हो ।

बलिउडमा साजिद–वाजिदको जोडी सर्वाधिक चर्चित मानिछ । वाजिद लामो समयदेखि मृगाैलाकाे बिरामी थिए ।

उनी मुम्बइको एक अस्पतालमा उपचाररत थिए । तर, स्वास्थ्य अवस्था झनै खराब भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उनलाई एक साता अगाडि कोरोना पोजिटिभ पुष्टी भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

इदको अवसरमा सलमानले सार्वजनिक गरेको ‘भाई भाई’ बोलको गीतमा साजिद–वाजिदको संगीत थियो ।

सन् १९९८ मा सलमान अभिनित चलचित्र ‘प्यार किया तो डरना क्या’बाट वाजिदले बलिउडमा संगीतको काम सुरु गरेका थिए ।

यसका साथै उनले ‘दबंग ३’को सबै गीतमा संगीत भरेका थिए ।

उनले ‘मेरा ही जलवा, सोनी दे नखरे, माआअल्लाह, डू यु वन्ना पार्टनर’ लगायतका चर्चित गीतमा संगीत भरेका छन् ।

उनले सन् २०११ म ‘फिल्मफेयर अवार्ड’मा उत्कृष्ट संगीतकारको अवार्ड पनि प्राप्त गरेका थिए ।

केही साता अघि मात्र बलिउडका दुई चर्चित कलाकार इरफान खान र ऋषि कपुरलाई गुमाएको बलिउडले आइतबार राती अर्का चर्चित संगीतकार वाजिद खानलाई गुमाएको छ ।