Advertisiment

बेवारिसे बालकको उद्धारः आफन्तको खोजी जारी


सप्तरी । सप्तरीको खडक नगरपालिका—८ कल्याणपुरस्थित हटिया बजारबाट आज एक बालकको उद्धार गरिएको छ ।

उद्धार गरिएका बालकलाई संरक्षणका लागि कञ्चनरूप नगरपालिकास्थित बालगृह आश्रममा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

बोल्न नसक्ने, मानसिक सन्तुलन ठीक नभएको, चार फिट उचाइ भएको, चिउँडोमा खत भएको र हेर्दा तराई मूलको जस्तो देखिने करीब १२ वर्षीय ती बालकलाई स्थानीयबासीको सहयोगमा प्रहरीले उद्धार गरे पनि परिचय भने खुल्न सकेको छैन । बालकका आफन्तको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment