Advertisement

गण्डकी प्रदेशका २ मा‌ओवादी मन्त्रीद्वारा राजीनामा


काठमाडाैं । माआवादीबाट मन्त्री बनेका २ जनाले राजीनामा दिनुभएकाे छ । गण्डकी प्रदेश सरकारमा रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले राजीनामा दिनुभएकाे छ । राष्ट्रिय राजनीतिलाई मध्यनजर गर्दै राजीनामा दिएको मन्त्रीहरुले बताउँनुभयाे ।

राष्ट्रिय राजनीतिमा आएको फेरबदलका कारण राजीनमा दिएको मन्त्री थापामगरले बताउँनुभयाे । राजीनामा दिएपनि सरकारलाई दिएको समर्थन भने फिर्ता नलिएको उहाँले बताउँनुभयाे ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement