Advertisement

भारतको छत्तिसगढमा माओवादी आक्रमणमा २२ जना सुरक्षाकर्मीको मृत्य

पछिल्ला वर्षहरुकै खतरनाक आक्रमण


 बीबीसी। भारतको छत्तिसगढमा माओवादी आक्रमणमा परी कम्तीमा २२ जना सुरक्षाकर्मीको मृत्यु भएको छ । शनिबार छत्तिसगढको विजापुरको जंगलमा माओवादी विद्रोहीले सुरक्षाकर्मीको गस्ती टोलीमाथि आक्रमण गरेको बीबीसीले जनाएको छ ।

उक्त आक्रमणमा २२ जना सुरक्षाकर्मीको मु्त्यु भएको छ भने ३७ जना सुरक्षाकर्मी घाईते भएका छन् । शुक्रबार सुकमा र बिजापुरका विभिन्न स्थानबाट सिआरपिएफ, डिस्ट्रिक्ट रिजर्व गार्ड, स्पेसल टास्क फोर्स र कोबरा बटालियनका दुई हजार ५९ जवान गस्तीका लागि निस्किएका थिए ।

गस्तीबाट फर्किने क्रममा शनिबार तर्रेम चौकी नजिक जोन्नागुण्डा जंगलमा माओवादीले आक्रमण गरेका थि । विद्रोहीविरुद्धको कारवाहीमा खटेका छत्तिसगढका डिजी अशोक जुनेजाले २२ सुरक्षाकर्मीको शव भेटिएको बताउँनु भयो।

शनिबारको उक्त आक्रमणलाई पछिल्ला वर्षहरुकै खतरनाक आक्रमण भनिएको छ। यो घटनासँगै भारतका गृहमन्त्री अमित शाहले दुःख व्यक्त गर्दै मृत सुरक्षाकर्मीको परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ ।

उहाँले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । साथै देशले आशान्ति र हिंसा मच्चाउने विद्रोहीसँग लडेर शान्ति स्थापना गर्ने र आफ्ना महान सहिदहरुको बलिदानलाई देशले कहिल्यै नबिर्सिने बताउँनु भयो।

घटनास्थलमा सुरक्षाकर्मीको शव यत्रतत्र रहेको थियो भने आइतबार घटना स्थलमा पुगेको टोलीले शव संकलन गरेको छ ।  भिडन्तमा घाइते भएका ३७ जवानलाई बिजापुर र रायपुरका अस्पतालमा भर्ना गरिएको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement