Advertisiment

म निको भएँः ट्रम्प


एजेन्सी । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमणबाट आफू निको भएको बताउनुभएको छ ।

आफ्ना समर्थकलाई ह्वाइट हाउसको बाल्कोनीबाट शनिबार साँझ सम्बोधन गर्दै आफू कोरोना संक्रमणबाट मुक्त भएको जानकारी गराउनुभएकाे  हो।

राष्ट्रपति ट्रम्पका निजी चिकित्सकहरूले उहाँबाट कोरोना भाइरस संक्रमणको जोखिम नरहेको दाबी गरेका छन् ।

राष्ट्रपति ट्रम्पलाई गत अक्टोबर २ तारिखमा कोरोना भाइरस संक्रमण पुष्टी भएसँगै अमेरिकी सैनिक अस्पतालमा उपचार गरिएको थियो ।

राष्ट्रपति ट्रम्पका निजी चिकित्सक फिजिसियन डा. सिन कोन्लेले ट्रम्पको शनिबार गरिएको परीक्षणमा कोराना भाइरसका लक्षणहरू नदेखिएको र उहाँ पूर्ण स्वस्थ रहेको बताएका छन् ।

अमेरिकामा हालसम्म ७७ लाखभन्दा बढी मानिस कोराना भाइरसबाट संक्रमित भइसकेका छन् भने २ लाख १३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

राष्ट्रपति ट्रम्पमाथि कोरोना महामारीलाई नियन्त्रणमा ल्याउन पर्याप्त काम नगरेको आरोप लाग्दै आएको छ ।

राष्ट्रपति स्वयंले मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने नीतिमाथि व्यंज्ञ गर्दै आउनुभएकाे छ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment