Advertisement

कति छ आज सुनचाँदीको मूल्य ?


काठमाडाैं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ ।


यसैबीच आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार तोलामा १२४० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement