Advertisement

वकिलको भेषभुषामा परिवर्तन नआउनुको ऐतिहासिक कारण

शोक मनाउनको लागी कालो गाउन लागाएर उपस्थित हुन आदेश


काठमाडौं । वकिलले कालो कोर्ट र सेतो र्सट लगाउँछन हामीलाई थाहा छ । चलचित्रमा होस या यथार्थ जीवनमा हामी वकिलले कालो कोर्ट र सेता सर्ट सबैले देख्छौ । किन लगाउँछन् ? यसको ऐतिहासिक कारण रहेको छ ।

सन् १२२७ मा अदालतको सुरुवात एडवर्ड तृतियले गर्नु भएको थिए । त्यसबेला ड्रेस कोडको आधारमा न्यायाधिशले भेषभुष तयार पारिएको थियो । त्यस बेला जर्जले आफ्नो शीरमा कपाल भएको विष लगाउँथे भने त्यस समयमा वकिलाई चार भागमा विभाजन गरिएको थियो ।

शुरुवाती समयमा अदालतमा रातो सुनौलो रङको कपडाको प्रयोग गरिन्थ्यो भने सन् १९१६ मा वकीलको भेषभुषमा परिवर्तन आयो । त्यसपछि सन् १६३७ मा वकिलले भेषभुषामा परिवर्तन गरेर काउन्सीलले जनताको अनुरुपको कपडा पर्ने नियम ल्याईयो ।

त्यसपछि वकिलले लामो गाउन लगाउन शुरु गरे । त्यो बेला यो कपडाले वकिललाई अन्य मानिस भन्दा फरक पहिचान गराउँथ्यो ।

सन् १९१४मा बेलायति महारानी क्वीन म्यारीको मृत्यु भयो । त्यसमा राजा विलियम्सले सबै न्यायधीशलाई सार्वजनिक रुपमा शोक मनाउनको लागी कालो गाउन लागाएर उपस्थित हुन आदेश दिए ।

त्यसपछि हाल सम्म वकिलहरुले यस्तो कपडा लगाउँने गर्दछन् । युगौ विते पनि वकिलको भेषभुषमा परिवर्तन आएको छैन । आजको समयमा कालो कोर्ट र सेतो र्सट वकिलको पहिचान भएको छ ।

भारतमा अधिनियम सन् १९६१ मा अदालतमा सेतो ब्याण्ड टाईको साथमा कालो कोट लगाउन अनिवार्य गराईयो । यस्ता प्रकारको भेषभुषलाई न्यायको प्रतिक पनि मान्ने गरेको पाईन्छ ।

यसले वकिलहरुमा अनुशासन ल्याउने बताईन्छ । समाजमा एक सम्मान जनक स्वरुप पनि प्रधान गरेको मानिन्छ ।

कालो रङ दृष्टिहिनताको प्रतिक मान्ने गरेको पाईन्छ । भनिन्छ कानुन अन्धो हुन्छ किन कि दृष्टिहिन ब्यक्ति कसैको पक्षपात गर्दैनन । कालो कोर्ट लगाउनुको अर्थ वकिल वीना पक्षपात आफ्नो केस लड्नु रहेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement