Advertisement

नगद र उपचार गराएको पुर्जीसहित साधुको शव फेला



जनकपुर । जनकपुरधामस्थित शिव चौकमा एक साधुको शव फेला परेको छ। धनुषाको धनौजी गाउँपालिकाको लखौरी घर भएका ७० वर्षीय साधु सुखन दासको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार शव गाउँमा मागी हिड्ने साधुको रहेको छ ।

साधुको साथमा केही नगद र प्रादेशिक अस्पतालमा उपचार गराएको पुर्जी कागजात समेत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले शव फेला परे पनि साधुको मृत्युको कारणको भने खुलाएको छैन् ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement