Advertisement

आठ दिनदेखि शव उठेन,अस्पतालमा दुर्गन्ध फैलियो


राजविराज । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आठ दिनदेखि शव नउठ्दा दुर्गन्ध फैलिएको छ । सप्तरीको रूपनी गाउँपालिका–२ पौवामा मङ्सिर १ गते बिहान मृत फेला परेका अन्दाजी ४५र५० वर्षीय पुरूषको शव पोस्टमार्टम गरी अस्पतालमा राखिएको सप्तरी प्रहरीले जनाएको छ ।राजविराज–रूपनी सडक खण्डअन्तर्गत सडकको पूर्वपट्टि किनारमा मृत फेला परेका व्यक्तिको हालसम्म पहिचान हुन सकेको छैन ।

मृतकको सनाखत नभएकाले केही दिन हुलिया पहिचानका लागि अस्पतालमा शव राखेर खोजी गरिए पनि परिवारका सदस्य वा चिनजानका मानिस कोही पत्ता नलागेको एसपी राजेन्द्रप्रसाद धमलाले बताए ।

शवगृह नजिकै आकस्मिक कक्ष, एक्सरे र प्रयोगशाला रहेकाले नाक छोपेर आउजाउ गर्नुुपर्ने बाध्यता छ ।

पुरानो र साँघुरो शवगृहमा कुनै आधुनिक उपकरण नभएकाले दुर्गन्ध फैलिएको र अस्पतालका बिरामी एवं कर्मचारीलाई सास्ती भएको कर्मचारी बताउँछन् ।

रुपनी गाउँपालिकामा वेवारिसे शव फेला परेकाले शव व्यवस्थापनको जिम्मेवारी रूपनी गाउँपालिकाको हो । शव व्यवस्थापन गर्न अस्पतालले गाउँपालिकालाई आग्रह गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेट डा. रणजितकुमार झाले बताए ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement