Advertisement

दोलखा जिल्ला गिरपानी स्थित नेपाल टेलिकमको ब्याट्री चोरी

४८ वटा ब्याट्रीमध्ये एउटा चोरी हुँदा ४७ वटा मात्र बाँकी


उद्धव विश्वकर्मा, दोलखा । दोलखाको उत्तरी क्षेत्र गौरीशंकर गाउँपालिका वडा नं. ८ स्थित गिरपानीको नेपाल टेलिकमको ब्याट्री चोरी हुँदा प्रयोगकर्तामा प्रभाव परेको छ। जम्मा ४८ वटा ब्याट्रीमध्ये एउटा चोरी हुँदा बाँकी ४७ वटा रहेकोमा जडान टुट्ने र बाँकी रहेकाले पनि प्रभावकारी ढंगले काम नगर्ने हुँदा विद्युत लाइन नभएको समय टेलिफोनमा आंशिक समस्या आउने मोबाइल फोन तथा ईन्टरनेटले राम्रो सङ्ग काम नगर्ने भएकोले सेवाग्राहीमा समस्या उत्पन्न भएको छ।

दोलखाको उत्तरी क्षेत्रमा नेपाल टेलिकमको सिम प्रयोगकर्तामा व्यापक समस्या उत्पन्न भएको र केही वर्ष अगाडि मात्र खारेको गिरपानीमा टेलिकमको टावर राखेपछि गौरीशंकर गाउँपालिकाको सबै वडामा राम्रो सेवा प्रवाह भएको थियो । तर ब्हायाट्रीको कारण केही समस्याहरू उत्पन्न भएका छन्।

बिगु गाउँपालिका स्थित लादुकमा राखिएको टेलिकमको टावरमा पनि सोही गिरपानीको टावरद्वारा रिले प्रशारण गरिएको हुँदा सो टावरमा समस्या हुँदा गौरीशंकर गाउँपालिकालगाएत अन्य गाउँपालिकामा समेत प्रत्यक्ष असर परेको छ।

शाखा प्रमुख राजु गिरीका अनुसार

नेपाल टेलिकम दोलखा शाखाका प्रमुख राजु गिरीका अनुसार केही महिना पहिले नै चोरी भएको र यातायातको अशुविधाको कारण खासै अनुगमन नभएको र हाल विद्युत नभएको बेला मोबाइलमा समस्या देखिएपछि केही ग्राहकले खबर गर्दा आफूलाई थाहा भएको र यस विषयलाइ सम्बन्धित पक्षसँग कुरा राखिसकिए पनि त्यस ठाउँसम्म पुग्न वर्षातको कारण बाटोहरू पहिरोले क्षति पुर्याएको र केही दिनमा परिस्थिति सहज भए काठमाडौंबाट सामान ल्याई समस्याको हल हुने भनाई छ।

त्यस किसिमको ब्याट्री कुनै ठाउँमा प्रयोग नहुने र स्थानीयले नै लुकाइछिपाई राखेको हुन सक्ने हुँदा छानबिन तथा खोजीको लागि प्रहरी प्रशासनलाई अनुरोध गरिए पनि कुनै चासो नदिएको प्रमुख गिरीको भनाई छ ।

कम मूल्यको सामाग्री र क्षति कम भए पनि समस्या ठूलो उत्पन्न हुनसक्ने हुँदा आगामी दिनहरू सरकारी सम्पत्तिमाथी चोरी तथा कुनै किसिमको क्षति हुने क्रियाकलाप नगर्न नगराउन स्थानीयलाई नेपाल टेलिकम दोलखा शाखाले अनुरोध समेत गरेको छ

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement