Advertisement

जब ६१ वर्षीया हजुरआमाले आफ्नै नातिनी जन्माइन्



न्यूयोर्क । अमेरिकाको नेब्रेस्कामा एक ६१ वर्षीय महिलाले आफ्नो समलिङ्गी छोरा र उहाँको श्रीमानकाे सरोगेट आमा बन्दै आफ्नै नातिनी जन्माएकी छन् ।

सेसेल एलेड्जले नौ महिना पेटमा हुर्काएर छोरा म्याथ्यु र इलिएट डोथ्रीका लागि गत हप्ता उमा लुइसलाई जन्म दिएकी हुन् ।

एलेड्जले छोरा र उनको श्रीमानले परिवार सुरू गर्न चाहेपछि आफूले बच्चा जन्माइदिने प्रस्ताव राखेको बताइन् । “सुरूमा सबैले हाँसोमा उडाए,“ उनले भनिन् । तर जब छोरा एलेड्ज र डोथ्रीले बच्चाका लागि उपायहरू खोज्न थाले तब एक चिकित्सकले आमाको प्रस्ताव ठिक हुने बताएका थिए । त्यसपछि केही परीक्षणहरू गरियो र एलेड्जलाई सोरोगेट आमा बन्न बाटो खुल्यो ।

“म स्वास्थ्यप्रति धेरै सचेत छु,“ उनले भनिन्, “म गर्भवती हुनसक्ने कुरामा शङ्का गर्ने प्रश्नै थिएन।” उनका लागि छोराले वीर्य र छोराको श्रीमानकाे बहिनीले डिम्ब दान गरिन् । डोथ्रीले महिला र पुरुषको जोडीले बच्चा पाउनका लागि कृत्रिम गर्भाधानलाई अन्तिम प्रयासका रूपमा हेर्ने बताइन् ।

“तर हामीलाई थाहा थियो समलिङ्गी जोडी भएकाले हामीले फरक सोच्नुपर्छ,“ छोरा एलेड्जले भनिन् । पहिल्यै तीन सन्तान जन्माएकी आमा एलेड्जका लागि गर्भावस्था सामान्य नै रहेको थियो । यो घटनाले अमेरिकाका समलिङ्गी समुदायप्रति रहेको भेदभावलाई भने देखाएको छ ।

समलिङ्गी विवाह गर्ने घोषणा गरेपछि जागिरबाट निकालियाे

सन् २०१५ यता समलिङ्गी विवाहले मान्यता पाएको भए पनि सन् २०१७ सम्म नेब्रेस्कामा समलिङ्गी जोडीका लागि अभिभावक बन्न सम्भव थिएन । एलेड्जले आफ्नो गर्भावस्थाको स्वास्थ्य हेरचाहको खर्चका लागि बिमा कम्पनीसँग सङ्घर्ष गरे पनि सफल भइनन्।

उनले आफ्नो बच्चा जन्माएकी भए बिमा कम्पनीले उनको सबै स्वास्थ्य खर्च बेहोर्थ्यो र बच्चाको जन्मदर्तामा जसले बच्चा जन्मायो उसकै नाम लेखिने भएका कारण डोर्थीको नाम लेखिएन । एलेड्जलाई चार वर्ष अगाडि समलिङ्गी विवाह गर्ने घोषणा गरेपछि स्कूट क्याथोलिक हाई स्कूलले शिक्षकको जागिरबाट निकालेको थियो ।

उनको समर्थनमा सुरू गरिएको अनलाइन अभियानमा एक लाखभन्दा बढीले सहभागिता जनाएका थिए । उमाको जन्मको एक सातापछि एलेड्जले आफू र आफ्नो नातिनी स्वस्थ रहेको बताएकी छन् । “यो सानी केटीले यति धेरै समर्थन पाएकी छन् कि उनी एउटा मायालु परिवारमा हुर्कने छिन्,“ उनले भनिन् ।

-बीबीसी 

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement