Advertisiment

समाजमा शान्ति सुरक्षा कायम गराउनु पहिलाे प्राथमिकता : इन्स्पेक्टर तुम्बाहाङ्फे


काठमाडाैं । प्रहरी निरीक्षक इन्स्पेक्टर सुजता तुम्बाहाङ्फेले समाजमा शान्ति सुरक्षा कायम गराउनु नै आफ्नाे पहिलाे प्राथमिकता रहेकाे बताउनुभएकाे छ ।

असोज २१ गते बुधबारदेखि ईलाका प्रहरी कार्यालय, फर्पिङको प्रमुखकाे जिम्मेवारी सम्हाल्नुभएकी प्रहरी निरीक्षक तुम्बाहाङ्फेले चाडबाड नजिकिएकाे सन्दर्भमा काठमाडौँ उपत्यका प्रवेश गर्ने फर्पिङ नाकाबाट हुनसक्ने कानूनविपरितका क्रियाकलापमा थप निगरानी अघि बढाइने बताउनुभयाे ।

नवगठित लियाे क्लब अफ काठमाडाैं पद्मसम्भव दक्षिणकाली र प्रहरी निरीक्षक तुम्बाहाङ्फेबीच भएकाे भेटमा उहाँले प्रहरीले युवाहरूकाे साथ र समन्वयमा समाजमा अझ प्रभावकारी काम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयाे ।

उहाँले आवश्यकताका आधारमा ईलाका प्रहरी कार्यालयले क्लबसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाउनुभयाे ।

आज लियाे क्लब र लायन्स दक्षिणकालीका पदाधिकारीले प्रहरी कार्यालयमा पुगी प्रहरी निरीक्षक तुम्बाहाङ्फेलाई सफल कार्यकालकाे लागि शुभकामना व्यक्त गरेकाे हाे ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment