Advertisement

नेतृत्वको अचम्मको मार्गदर्शनकै कारण साइबर सुरक्षामा दुबई शिर्ष स्थानमा : अधिराजकुमार शेख हमदान

सेक्युरिटी नेटवर्किङ सम्मेलनको ८ औं संस्करणकाे समापन बुधबार


प्रकाश विशुन्के, दुबई ।  दुबईका अधिराजकुमार शेख हमदान बिन मोहम्मद अल मकतूमले राष्ट्रको नेतृत्वको अचम्मको मार्गदर्शनले दुबई र  समग्र युएईलाई साइबर सुरक्षाको महत्वपूर्ण क्षेत्रलगायत विश्वव्यापी सुरक्षाको क्षेत्रमा शिर्ष स्थानमा पुर्‍याएकाे बताएका छन् ।

संयुक्त अरब इमिरेट्स(युएई) मा पहिलाे पटक आयाेजित साइबरटेक ग्लाेबल सम्मेलनकाे उद्घाटन गर्दै अधिराजकुमार शेख हमदानले इमिरेट आफ्नो डिजिटल र आईटी पूर्वाधार सुरक्षाको सुदृढीकरणका लागि विस्तृत समाधानहरू विकास गर्न केन्द्रित रहेकाे बताए ।

ऐतिहासिक मानिएको दुबई इलेक्ट्रोनिक सुरक्षा केन्द्र (डिइएससी)द्वारा आयोजित यस विश्व सम्मेलन सोमबारदेखि दुबईस्थित ग्रान्ड हायातमा जारी छ ।

“दुबई सुरक्षा र सुरक्षाको क्षेत्रमा स्मार्ट ट्रान्सफर्मेसन एजेन्डा अनुरूप प्राविधिक नवीनतालाई अघि बढाउन सधैं अग्रणी भूमिकामा छ,” शेख हमदानले भने, “इमिरेट आफ्नो डिजिटल र आईटी पूर्वाधार सुरक्षाको सुदृढीकरणका लागि विस्तृत समाधानहरू विकास गर्न कडा केन्द्रित छ। दुबई साइबर सुरक्षा रणनीति युएईका उप–राष्ट्रपति, प्रधानमन्त्री तथा दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतूमले साईबरस्पेस र खतराहरूको विरूद्ध एकीकृत सुरक्षा प्रदान गर्ने उद्देश्यका साथ इमिरेटमा सुरू गरेका पहलहरू मध्ये एक थियो ।”

सम्मेलनको ८ औं संस्करणकाे समापन बुधबार

उनले विश्वव्यापी समुदायले बढ्दो साइबर सुरक्षाको खतराको सामना गरिरहेको बेला ‘साइबरटेक ग्लोबल दुबई’ जस्ता अन्तर्राष्ट्रिय प्रदर्शनी र सम्मेलनले विश्वको डिजिटल सम्पत्तीको सुरक्षामा ज्ञान र विशेषज्ञता बाँड्नको लागि ठुलाे अवसर दिएकाे दाबी गरे ।

कार्यक्रममा शेख हमदान बिन मोहम्मदसँगै आर्टिफिशियल इन्टेलिजेन्स, डिजिटल इकोनाेमी राज्यमन्त्री ओमर बिन सुल्तान अल ओलामा, हमद अल मन्सौरी, र दुबई डिइएससीका बोर्ड सदस्य डा. मोहम्मद हमद अल कुवैती, युएई सरकारको लागि साइबरसुरक्षा प्रमुख, डिइएससीका अध्यक्ष तलाल हुमाद बेलहोल र महानिर्देशक यूसुफ हमद अल शाबानी लयायतकाे उपस्थिति थियाे ।

सम्मेलनमा विभिन्न देशका डिजिटल र आईटी पूर्वाधार सुरक्षा क्षेत्रका अग्रणी व्यक्तित्व र विज्ञहरु सहभागी छन् ।

संयुक्त राज्य अमेरिका बाहिर आयोजित सबैभन्दा ठूलो सेक्युरिटी नेटवर्किङ सम्मेलनको ८ औं संस्करणकाे रुपमा आयाेजित कार्यक्रम बुधबार सकिनेछ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement