Advertisement

चार दिन देशैभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय

मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नु परेको जानकारी


काठमाडौं । सरकारले चार दिन देशैभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेकाे छ ।

वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताको कारण चार दिन देशैभरका विद्यालय बन्द गर्ने निर्णय गरिएकाे हाे ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले बढ्दो प्रदूषणबाट विद्यार्थीलाई थप जोखिम रहेको भन्दै मंगलबारदेखि शुक्रबारसम्म सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिनुभयो ।

बैठकमा मन्त्री श्रेष्ठले वायुमण्डलमा देखिएको मौसम प्रतिकूलताका कारण शिक्षण संस्था बन्द गर्नु परेको जानकारी दिनुभयो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement