उपाध्यक्ष कोइराला र सदस्य सचिव सिलवालले सपथ आज, अदालतकाे कारण देखाउ आदेश

पढ्न लाग्ने समय : मिनेट

काठमाडाैँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य सचिव रमेश सिलवालले आज सपथ लिने भएका छन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले आज दिउँसो ३ः०० बजे सिंहदरबारस्थित मन्त्रालयलमा सपथ गराउने कार्यक्रम तय भएको राखेपका प्रवक्ता कुलबहादुर थापाले जानकारी दिए ।

कोइराला र सिलवाललाई मन्त्रीपरिषद्को सोमबार बसेको बैठकले नियुक्त गरेको थियो । उपाध्यक्ष र सदस्य सचिवले सपथ पछि आजै राखेपमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सिलवाल दोस्रो पटक सदस्य सचिव नियुक्त भएका हुन् । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन असार १८ गते सँगै सिलवालसहित राखेपका तत्कालिन पदाधिकारी र सदस्य पदमुक्त भएका थिए । कोइराला पहिलो पटक राखेपमा प्रवेश गरेका हुन् ।

उनीले गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का प्रचार प्रसार विभागको संयोजक रहेका थिए । उपाध्यक्ष र सदस्य सचिव दुवैको कार्याकाल ४ वर्ष रहेको छ ।

मंगलबार मात्रै सरकारले रमेश सिलवाललाई राखेप सदस्य सचिवमा नियुक्त गरेका विषयमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको थियो ।