Advertisement

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको संस्थापक शेयर विक्रिमा


काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको संस्थापक शेयर विक्रि गर्ने भएको छ । बैंकले एक सूचना जारी गर्दै आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको २ लाख २ हजार ५६० कित्ता, सूर्या लाईफ इनस्योरेन्स कम्पनीको १ लाख ९३ हजार १९४ कित्ता र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको १ लाख ४० हजार ८ सय कित्ता गरि जम्मा ५ लाख ३६ हजार ५५४ कित्ता शेयर विक्रि गर्ने भएको हो ।

बैंकले सूचनामा भनेको छ, ‘एनआइसीको स्वामित्वमा रहेको संस्थापक शेयर बोलकबोल प्रक्रियाबाट बिक्रि गरिने भएकोले इच्छुक लगानीकर्ताहरुले सूचना प्रकाशित भएको ४ दिन बोलपत्र आवेदन पेश गर्न सम्बन्धित सबैमा आव्हान गरिन्छ ।’

बोलपत्र आवेदन फारम एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल, एनआईसी एशिया बैंक लिमिटेड कर्पोरेट कार्यालय ट्रेड टावर थापाथलि, शाखा कार्यालय विराटनगर, विरगञ्ज, महेन्द्रपुल, बुटवल, धनगढिर र सुर्खेतमा दिन सकिने सूचनामा उल्लेख गरिएको छ ।

बोलकबोल प्रक्रिया मार्फत ट्रष्टको शेयर खरिदका लागि बैंक तथा वित्तिय संस्था र बीमा कम्पनी बाहेकका अन्य कम्पनी तथा व्यक्तिहरुले सहभागी हुन नपाउने बैंकले जननाएको छ ।

त्यस्तै, सूर्या र एशियनको को शेयर खरिद गर्न चाहनेहरुले प्रचलित कानून बमोजिम योग्य लगानीकर्ता सहभागी हुन पाउने बैंक्ले जनाएको छ ।

हेर्नुहाेस् सुचना

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement