एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्सले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले उडिनेजेविरुद्ध ४-१ गोल अन्तरको जित निकालेको हो ।
मैदानमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि युभेन्ट्सले सहज जित आत्मसात गरेको हो । खेलको ३१ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४९ औं मिनेटमा फेड्रिकोले गोल गर्दा युभेन्ट्सको अग्रता २-० को बन्यो । खेलको ७० औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई ३-० को अग्रता दिलाए ।
९० औं मिनेटमा मार्भिनले गोल गर्दै उडिनेजेलाई ३-१ को स्थितिमा ल्याए । तर, खेलको इन्जुरी समयमा पाउलो डिबालाले गोल गर्दै युभेन्ट्सलाई ४-१ को जित दिलाए ।
जितसँगै युभेन्ट्सले १४ खेलमा २७ अंक जोडेको छ । युभेन्ट्स लिगको पाँचौं स्थानमा रहेको छ । उडिनेजे १५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।