Advertisement

पहिराे प्रभावितलाई राहत वितरण


बागलुङ । पहिराेले घरमा क्षति पुर्याएपछि विस्थापित बनेका बागलुङ नगरपालिका–५ का तीन परिवारलाई मालिका सेवा समाजले आज राहत रकम प्रदान गरेको छ । हेमराज उपाध्याय, भागीरथ उपाध्या र टकमाया किसानको परिवारलाई जनही रु २५ हजारका दरले राहत दिइएको समाजका अध्यक्ष दुर्गाबहादुर कुँवरले जानकारी दिनुभयो ।

पूर्वऊर्जा राज्यमन्त्री रामजीप्रसाद शर्माले विपद्मा परेका परिवारलाई सघाएकामा समाजको प्रशंसा गर्नुभयो । राहत पाउने तीनै परिवार अहिले छिमेकीको आश्रयमा छन् । गत बुधबार गएको पहिराले त्यहाँका नौ घरपरिवार प्रभावित छन् । कैँयन घर पहिराको जोखिममा रहेको वडाध्यक्ष शिवप्रसाद सापकोटाले बताउनुभयो । पहिराले धानबालीमा समेत क्षति पु¥याएको छ ।

आजै बागलुङ नगरपालिका–३ का पहिरो प्रभावित कृष्ण सार्कीलाई पनि विभिन्न व्यक्तिले खाद्यन्नलगायत सामग्री सहयोग गरेका छन् । अपाङ्गता हुनुभएका सार्कीको परिवार पनि पहिराेको जोखिममा परेपछि विस्थापित अवस्थामा पुगेको छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement