अस्ताए ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’ गीतका रचनाकार रत्नशमशेर

पढ्न लाग्ने समय : मिनेट

बरिष्ठ गीतकार रत्नशमशेर थापाको निधन भएको छ ।

बिहीबार दिउँसो १२ बजे नर्भीक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको  छ ।

ढाडको नसासम्बन्धी समस्याबाट पीडित उहाँको आज मध्याह्न थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको ८१ वर्षको उमेरमा निधन भएको हो ।

थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’, ‘जाग-लम्क-चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन् ।

गीतकार थापाको निधनप्रति दुःख व्यक्त गर्दै कलाकार तथा संगितप्रेमीहरूले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त  छन् ।