Advertisiment

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्न राखेपको अनुमति


काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण सुरु गर्न अनुमति दिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को निरन्तरको आग्रहपछि राखेपले राष्ट्रिय टिमको प्रशिक्षण अघि बढाउन अनुमति दिएको हो ।

एन्फाले बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि राखेपसँग प्रशिक्षणको अनुमति माग गरेको थियो ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले एन्फालाई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणको अनुमति दिएका हुन् ।

नेपालले तिहारपछि बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ ।

बंगलादेशको प्रस्तावमा एन्फाले राष्ट्रिय टिमलाई बाहिर पठाउने तयारी गरेको हो । बंगलादेश सहित दर्जन राष्ट्रले अभ्यास खेलका लागि नेपाललाई प्रस्ताव राखेका छन् ।

कोरोना माहामारीका कारण गत चैतबाट घरेलु फुटबल ठप्प छ । संक्रमण फैलने डरले सरकारले लागू गरेको निषेधाज्ञा र लकडाउनका कारण खेलकुद गतिविधि अघि बढ्न सकेका छैनन् ।

तर दक्षिण एसिया सहित विश्वभर फुटबल गतिविधि सुरु भईसकेका छन् ।

सोही कारण फुटबल गतिविधि सुरु गर्ने दबाब एन्फा सहित राखेपमाथि परेको छ ।

एन्फाले यसअघि प्रशिक्षणका लागि सरकारसँग अनुमति माग गरेको थियो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment