Advertisement

गाउँ र सहरकाे असमानता देखाउने ‘रेलको बाटो’

चित्रकार समेत भएका लेखराज गिरी आफ्नो गीतले नेपालको असमान समाज झल्काउँने बताउँनु हुन्छ ।


काठमाडाैं । गायक सुरज पण्डितकाे आवाजमा रहेको ‘रेलको बाटो’ बोलको गीत बजारमा आएको छ । गीतमा शब्द लेखराज गिरीको रहेको छ भने संगीत र निर्देशन गायक पण्डितकै रहेको छ ।

लोकेश भाटले सम्पादनले गरेको यो गीतको दृश्य निर्माण वल्ड कभर भिडियाको हो । गीतमा गाउँ र सहरबीच भिन्नताको चित्रण गरिएको छ ।

मारुती स्टुटियो डिजिटलबाट रेर्कट भएको यो गीतको म्युजिक भिडियोको छांयाकन  ट्राभल अविनाश, रेशमराज रोकाय, दनि बाेहोरा र महरालालले गर्नु भएको हो । गीतमा गाउँ र सहरबीचको भिन्नता देखाइएको छ ।

भिडियाेमा गाउँको अवस्थासँगै त्यहाँका मानिसको दैनिक जीवनमा आउने समस्या र अभावको चित्रण गरिएको छ। विकसित र अविकसित क्षेत्रबीचको असमानता पनि गितमा देख्न सकिन्छ । चित्रकार समेत भएका लेखराज गिरी आफ्नो गीतले नेपालको असमान समाज झल्काउँने बताउँनु हुन्छ ।

‘पहिलो पाईला’ नामक एल्बममा रहेकाे पाँच गीत मध्येकै एउटा गीत हो ‘रेलको बाटो ।’ गीतकार गिरी भन्नुहुन्छ,‘आधुनिक स्रोत र साधनको विकासले पुराना ऐतिहासिकता बोकेकाे संस्कृतिको लोप हुँदै गएका छन् । यस गीतमा कर्णालीतिरको संस्कृति र रहन सहनलाई उतार्ने कोशिस गरेको छु ।’

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement