Advertisement

प्रदेश प्रमुख नियुक्तिः गण्डकीमा सीता पौडल र सुदूरपश्चिममा गंगानारायण यादव, सपथ आजै


काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेशमा सीता पौडेल र सुदूरपश्चिममा गंगानारायण यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएकाे छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार दुवैको सपथ आजै केही समयपछि हुँदै छ।

पौडेलले प्रधानमन्त्रीको जनसम्पर्क अधिकृतकाे रूपमा काम गर्नुभएकाे थियाे । त्यस्तै राजविराजका यादव नेकपा (एमाले)का पुराना नेता हुनुहुन्छ ।

आजै सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई पदमुक्त गर्नुभएकाे थियाे ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement