राष्ट्रपतिले राजनीतिक दलका शीर्ष नेतासँग छलफल गर्दै

पढ्न लाग्ने समय : मिनेट

राष्ट्रपति विद्यादेवी भण्डारीले आज समसामयिक विषयमा छलफल गर्न राजनीतिक दलका शीर्ष नेतालाई राष्ट्रपति निवास शीतल निवासमा बाेलाउनुभएकाे छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले कोभिड –१९, संविधानमा भएको संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न शीलत निवासमा साँझ ५ बजे नेताहरुलाई भेटघाटका लागि बोलाउनु भएको जानकारी दिनुभयाे ।

उहाँका अनुसार छलफलमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका शीर्ष नेता, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष तथा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई आमन्त्रण गरिएको छ ।

यसलाई नियमित भेटघाटकाे रूपमा लिइएकाे छ ।