Advertisement

नयाँ गीतको तयारीमा मदनकृष्ण र वियोन्स


 काठमाडौं । ‘फुलबुट्टे सारी’ गीत हिजो आज सबैको निकै लोकप्रिय भएको छ । यो गीत विभिन्न भर्सनमा पनि रिलिज भैसकेको छ । पछिल्लो समय गायक तथा कलाकार मदनकृष्णले ‘फुलबुट्टे सारी’लाई लिजेन्डरी भर्सन अन्र्तगत आफ्नो आवाज दिनु भएको थियो ।

उहाँ पछि तुरुन्तै यो गीतलाई यूगान्डाकी गायिका दे क्याप्टेन वियोन्स फमासीले पनि गाउँनु भयो। उहाकोे स्वरले पनि लोकप्रियता हासिल गर्न सफल भयो ।

उहाँको स्वर सुने पछि मदनकृष्णले वियोन्ससँग भेट्ने इच्छा व्यक्त गर्नु भयो। अन्तत उहाँहरुको भेट पनि भएको छ ।

वियोन्सले मदनलाई भेटे पछि आफ्नो ठूलो सपना पुरा भएको बताएकी बताउँनु भयो । भेटसंगै उहाँहरुले फेरी पनि नयाँ गीत गाउँने तयारी गरेको गर्नु भएका छन् । मदनकृष्णले नयाँ गीत गाउँने तयारी भएको सामाजिक संजालमार्फत जानकारी दिनु भएको छ ।

उहाँले समाजिक संजालमा लेख्नु भएको छ ‘हामीले गाएको ‘फुलबुट्टे सारीलाई वियोन्सले पनि गाइन् । त्यसपछि यो गीतले अन्तरराष्ट्रियकरणको रुप लिएको महशुश गरिएको छ । अब, बियोन्स र म मिलेर एउटा यूगल गीत गाउने तरखरमा छौं । वियोन्सको तरुणी स्वरसँग मेरो बुढो स्वर मेल खाला किन नखाला खैं ।’

उहाँले नयाँ गीत गाउँने तयारी भएको जानकारी गराउनु भए पनि गीत कस्तो प्रकृतीको हुनेछ भनेर भने खुलाउनु भएका छैनन् । जस्तो भए पनि आम दर्शक तथा श्रोताले उहाँ र वियोन्सको स्वरमा नयाँ गीतको भने प्रतिक्षा गरिरहेका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement