Advertisiment

‘त्यसै यति अर्ब उति अर्ब बाँडेर खाए भन्नु गैरजिम्मेवार अभिव्यक्ति’


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमित स्रोत साधनबीच पनि नेपाल प्रहरीले अपराध अनुसन्धान तथा शान्तिसुरक्षा अमनचैन कायम राख्न निर्वाह गर्दै आएको जिम्मेवारी प्रशंसनीय रहेको बताउनुभएको छ ।

६५ औँ प्रहरी दिवसको अवसरमा शुक्रवार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कोरोना महामारीसँगै मुलुकमा विभिन्न किसिमका अपराधका घटना बढिरहेकाले त्यस्ता घटना हुनै नदिनतर्फ प्रहरी चनाखो हुनुपर्ने बताउनुभयो ।

अपराधका घटनाले भौगोलिक सीमाको पर्खाल तोडिसकेको चर्चा गर्दै, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘स्रोत साधन सीमित छ, तर पनि प्रहरीले राज्य तथा नागरिकको ज्यूधनको सुरक्षाका लागि प्रहरी हर–प्रहर तैनाथ छ । जुन कार्य आफैंमा प्रशंसनीय छ ।’

कतिपय ब्यक्ति तथा समूहबाट संविधान विपरीतका कार्य भइरहेको स्मरण गराउदै उहाँले विधिको शासनमा अतिवादी तथा संविधान विपरीतका क्रियाकलाप नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो । महिलामाथि एसिड छ्याप्ने र बलात्कार जस्ता अपराध नियन्त्रण गर्न ‘कडा’ कानुन बनाइने जानकारी उहाँले दिनुभयो ।

यति अर्ब उति अर्ब बाँडेर खाए भन्नु गैरजिम्मेवार अभिव्यक्ति

त्यस्तै, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही हप्ताअघि बुढीगण्डकी आयोजनामा शीर्षनेताले ‘घुस’ लिएको विषयमा दिएको अभिव्यक्तिप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले गैरजिम्मेवार र जनमानसमा भ्रम छर्नलाई भएको भन्दै आपत्ति जनाउनुभएको छ ।

आयोजना निर्माणका विषयमा कुनै निर्णय नै नभइसकेको अवस्थामा यति अर्ब उति अर्ब बाँडेर खाए भन्नु गैरजिम्मेवार अभिव्यक्ति भएकाे उहाँले बताउनुभयो ।

सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको रणनीति अख्तियार गरी राज्यका सबै निकायलाई पारदर्शी र जिम्मेवार बनाइएको चर्चा पनि प्रधानमन्त्री ओलीले गर्नुभयो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment