Advertisiment

इजरायल र बहराइनबीच ऐतिहासिक शान्ति सम्झौताकाे तयारी


काठमाडाैं । इजरायल र बहराइनबीच वर्षौँपछि ऐतिहासिक शान्ति सम्झौता हुने भएको छ ।

दुई देशले एक आपसको सम्बन्ध सुधारका लागि ऐतिहासिक सहमतिस्वरुप संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा शान्ति सम्झौता गर्ने तयारी गरेका हुन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले दुई देशबीच यही सेप्टेम्बर १५ मा हुने सम्झौताले इजरायलको खाडी मुलुकसँगको सम्बन्ध अझ प्रगाढ बन्ने बिश्वास व्यक्त गरेका छन् ।

संयुक्त अरब इमिरेट्स(युएई) पछि बहराइनसँग हुन लागेको सम्झौताले अरब देशहरुसँग शान्तिको युग प्रारम्भ भएको र आगामी दिनमा अन्य मुलुकसँग पनि यस्तै कदम चालिने प्रधानमन्त्री नेतान्याहुको भनाइ छ ।

अरब राष्ट्रहरुले इजरायलमा जारी पप्यालेष्टाइन विवादका कारण इजरायलसँग सम्बन्ध बिस्तारमा आनाकानी गरिरहेको बेला इजरायलले विवाद समाधान गर्नेबचन दिएपछि बहराइनले शान्ति सम्झौता गरेको हो ।

यद्यपि, इजरायलमै पनि दुई देशबीच हुन लागेको शान्ति सम्झौताको विरोध भइरहेको छ ।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही दिनअघि बहराइनका राजा हमाद विन इसा विन सलमान अल खलिफ र इजारयली प्रधानमन्त्री नेतान्यु दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापनाको लागि तयार भएको ट्वीटमार्फत जानकारी दिएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायल र प्यालेष्टाइन जारी संघर्ष अन्त्यका लागि निरन्तर पहल गरिरहेका छन् ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment