Advertisiment

बाङ्गोटिङ्गो बाटो लिए स्वीकार्य हुँदैन : सञ्चारमन्त्री गुरुङ


काठमाडाैं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू गलत नगर्ने र गलत गर्नेहरुलाई पनि स्वीकार नगर्ने बताउनुभएकाे छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री गुरुङलाई मंगलबार पुनर्गठित मन्त्रिपरिषदमा  सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएकाे छ ।

बुधबार सञ्चारमन्त्रीको पदभार ग्रहण गर्नुभएका गुरुङले भन्नुभयाे, ‘मन्त्रीले कुरा बुझेको छ कि छैन । यति कुरा त अलमल्याएर यसरी नै जान सकिन्छ भनेर तपाईहरुले पनि बाङ्गोटिङ्गो बाटो लिनुभयो भने म छिटो बुझ्न प्रत्यन गर्नेछु ।’

गलत सूचना दिने तथा गलत ढंगले सल्लाह दिए सम्बन्ध नमिठो हुने उहाँको चेतावनी छ । नवनियुक्तमन्त्री गुरुङले भन्नुभयाे, ‘म पनि गलत गर्ने छैन, तपाईंहरुले गलत गरेको स्वीकार्ने छैन । तपाईहरुसँग मेरो यही सम्झौता हो ।’

प्रधानमन्त्रीले चुनौतीपूर्ण जिम्मेवारी दिँदैछु भनेको र त्यो चुनौती सामना गर्न आफू सक्षम छु भन्ने विश्वासका साथ आएको उहाँकाे भनाइ छ ।

आफ्नो कार्यकालको १०० दिनमा गलत अभ्यासको पहिचान गरेर अन्त्य गर्ने उहाँले बताउनुभयाे ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisiment