ओली–प्रचण्ड छलफल निष्कर्ष : सोमबार फेरि छलफलमा बस्ने

पढ्न लाग्ने समय : मिनेट

काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार भएकाे छलफल विना निष्कर्ष टुंगिएकाे छ । दुई अध्यक्षबीच करिव तीन घण्टा छलफल भएको बालुवाटार श्राेतले जनाएकाे छ ।

साउन १३ मा ओलीले एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षतामा बहुमत सदस्यहरुसहित बैठक राखेपछि टुटेको संवाद आइतबार पुनः सुरु भएको हाे ।

छलफलका लागि प्रचण्डकाे साथमा वरिष्ठ नेता झलनाथ खनाललाई र ओलीकाे तर्फबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ समेत बैठमा सहभागी हुनुहुन्थ्याे ।

वार्तामा दुवै अध्यक्ष आ-आफ्ना अडानमा कायमै रहेकाले ठोस सहमति नभएको स्रोतले जनाएको छ । प्रचण्डले स्वच्छाले दुई मध्ये एक पद छाडेर निकास दिन आग्रह गरेका थिए । तर ओलीले आफू विधि र पद्धतिबाट मात्रै हट्ने भन्दै उक्त आग्रह अस्विकार गरेकाे बताइएकाे छ ।

दुई अध्यक्ष सोमबार पुनः छलफलमा बस्ने गरी बैठक सकिएकाे श्राेतले जनाएकाे छ ।