Advertisement

प्रधानमन्त्री ओली इलाम जाने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भोलि (सोमबार) पूर्वी नेपालका ताप्लेजुङ र इलाम भ्रमण जाने कार्यक्रम तय भएकाे छ ।

प्रधानमन्त्री ओली सोमबार बिहान ८ बजे ताप्लेजुङ र इलाम जाने कार्यक्रम तय भएकाे हाे ।

ताप्लेजुङको घुम्चामा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन गरेर प्रधानमन्त्री ओली इलाम जानुहुनेछ ।

इलाममा पनि सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्ने कार्यक्रम छ । इलामको सन्दकपुरमा बीओपी निर्माण भएको छ ।

यसअघि कात्तिक २६ मा प्रधानमन्त्री ओलीले संखुवासभा भ्रमण गर्नुभएकाे थियाे । त्यहाँ पनि बीओपीको निरीक्षण गर्नुभएकाे थियाे ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि ओली दोस्रो पटक उपत्यका बाहिरको कार्यक्रममा सहभागी हुन लाग्नु भएकाे  हाे ।

ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई पनि ताप्लेजुङ र इलाम भ्रमणमा जाने कार्यक्रम छ ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement