Advertisement

नेपाल नयाँ युगमा प्रवेश : प्रधानमन्त्री, सहमतिभित्र महान् आकांक्षा लुकेको छ: विप्लव

तीन बुँदे सहमति पालना गर्न प्रतिवद्ध छाैं : विप्लव


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँगको वार्ताले नेपाललाई नयाँ युगमा प्रवेश गराएको बताउनुभएको छ ।

नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिको हस्ताक्षर समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले विप्लव समूहसँगको वार्ता सहमतिमा गइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको बताउनुभयो ।

सिके राउतलाई पनि राष्ट्रिय राजनीतिमा ल्याएको उल्लेख गर्दै उहाँले देश नयाँ दिनमा मात्र नभएर नयाँ युगमा प्रवेश गरेको दावी गर्नुभभएकाे हाे ।

यता, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेको बताउनुभएकाे छ । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आजको दिन नेपाली राजनीतिक आन्दोलनको नयाँ दिनका रुपमा अंकित भएको बताउनुभयाे ।

उहाँले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन सफल पार्न तीन बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्ने र वार्ता सफल बनाएका वार्ता टोलीका सदस्यलाई बधाई समेत दिनुभयाे ।

‘यो सहमति केवल नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीको मात्र कुरा होइन,’ उहाँले भन्नुभयाे, ‘केही नेताहरुको कुरामात्र होइन, सहमतिभित्र लुकेको महान आकांक्षा छ ।’

उहाँले दिगो शान्ति, स्थिरता, समृद्धिको आकांक्षा र युवामा हुर्किएको समृद्ध जीवनको चाहना रहेकाे बताउनुभयाे ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement