Advertisement

कविताः हुँदै हुँदैन

दूधलाई बगाएर मल–मुत्र पिउँनु शुद्ध हुँदैन


ठाकुरप्रसाद पोखरेल, काठमाडाैं । 
पसिना र आँसु कहिल्यै झूठा हुँदैन,
यिनका भावनामा खेल्नु कदापि हुँदैन
दूधलाई बगाएर मल–मुत्र पिउँनु शुद्ध हुँदैन
पोषण फालेर कुतत्वले महा पण्डित हुँदैन ।।
…………………………………………………

राजनीतिक चरित्र नहुनेसँग सफा हृदय हुँदैन,
सफा हृदय नहुनेसँग कारोबार सफल हुँदैन
घर परिवारभित्रको अरिङ्गाल विषालु हुँदैन ,
यदि विषालु नै परेछ भने अपनाउँनु हुँदैन ।।
…………………………………………………

सतही मनका मान्छेसँग दिगो शान्ति हुँदैन,
खुशी मात्रमा रमाउनेसँग घरबार टिकाउ हुँदैन
दुःखमा नरम हुँदै आँत्तिने जीवनसाथी हुँदैन
आवरणमा देखाउनेसँग जीवनशैली हुँदैन ।।
…………………………………………………

स्याल जति नै मोटायो भने पनि हात्ती हुँदैन,
सुरिलो रुख भयो भन्दैमा आकाश छुँदैन
छाडा कुकुर जतिनै बलियो भए पनि
ऊसँग शिकार गर्ने हिम्मत हुँदैन ।।
…………………………………………………

धेरै नजिक बन्न खोज्नेसँग काँध मिलाउँनै हुँदैन,
सिद्ध र ईमान्दार मान्छेसँग ख्यालठट्टा गर्नुहुँदैन
आवश्यकता बेगर मूर्खलाई उपदेश दिनै हुँदैन
असहाय, रोगी र वृद्ध–वृद्धाको अपमान गर्नै हुदैंन।।
…………………………………………………

श्रीमान–श्रीमती बीचको झगडामा रमाउनु हुँदैन,
झगडाको बहानामा अर्ति उपदेश सुनाउनु हुँदैन
विवाह–सम्झौताभन्दा बाहेकमा रमाउनु पनि हुँदैन ।
सम्बन्ध गाढा राख्ने नाममा,
बनावटी गुणगान गाउनु पनि हुँदैन ।।
…………………………………………………

एका घरको चुलो कहिल्यै निभ्नु हुँदैन,
आमा–बाबुलाई घिनाउँने सपुत हुँदैन
देखावटी खुशीले मात्र जीवनलाई छुँदैन,
धर्म र जातको विभेदमा असल मार्ग हुँदैन ।
………….
राजनीतिक दाउपेजमा गलत बाटो अपनाउनु हुँदैन,
विचार र कार्यदिशाविहिन राजनीति सघाउनु हुँदैन
निजी स्वार्थकै लागि कार्यकर्तालाई घुमाउनु हुँदैन
अवसर पाएँ भन्दैमा वर्षौंदेखिको साथ गुमाउनु हुँदैन ।।
…………………………………………………

पसिना र आँसु कहिल्यै झूठा हुँदैन,
यिनका भावनामा खेल्नु कदापि हुँदैन १
दूधलाई बगाएर मल–मुत्र पिउँनु शुद्ध हुँदैन १
पोषण फालेर कुतत्वले महा पण्डित हुँदैन ।।

…………………………………………………

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement