Advertisement

त्रिदेशीय टी–२० सिरिजको उपाधि नेपाललाई


काठमाडौं । त्रिदेशीय टी–२० क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा नेपालले नेदरल्याण्ड्सलाई १४२ रनले हराउँदै उपाधि जितेको हो । नेपालले ११ वर्षपछि घरेलु मैदानमा सिरिजको उपाधि जितेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३८ रन बनायो । दुई सय ३९ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले १७ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९६ रन मात्र बनायो ।

नेपालले आज विपक्षी टोलीलाई टी–२० क्रिकेटमा कीर्तिमानी लक्ष्य दिएको थियो । यसअघि टी–२० क्रिकेटमा नेपालले १३औँ सागमा भूटानलाई २३६ रनको लक्ष्य दिएको थियो ।

नेदरल्याण्ड्सविरुद्धको खेलमा अरु खेलमा जस्तै कुशल भुर्तेलले अर्धशतकीय प्रहार गर्नुभयो । सिरिजमा उहाँले चौथो अर्धशतकीय प्रहार गर्नुभयो ।

एउटै सिरिजमा चौथो  बनाउने उहाँ पहिलो खेलाडी बन्नुभएको छ । भुर्तेलले ७७ रन बनाउनुभयो । उहाँले ५३ बल खेल्ने क्रममा तीन छक्का र आठ चौका हान्नुभयो ।

नेदरल्याण्ड्सका दुई खेलाडी रनआउट

यस्तै आशिफ शेखले १६ र कप्तान ज्ञानेन्द्र मल्लले ३३ रनको योगदान दिनुभयो । कुशल मल्लले प्रहार गर्नुभयो । उहाँले २४ बलमा अविजित ५० रन बनाउनुभयो ।

सो क्रममा मल्लले पाँच छक्का र दुई चौका हान्नुभयो । यस्तै उपकप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ४८ रन बनाउनुभयो । उहाँले १८ बल खेल्दै तीन छक्का र पाँच चौका प्रहार गर्नुभयो । बलिङतर्फ नेदरल्याण्डसका लागि फिलिपे वोइसेविनले दुई तथा सेवास्टियन ब्राटले एक विकेट लिनुभयो ।

विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सले सुरूआतदेखि नै विकेट गुमाउँदै गयो । नेदरल्याण्ड्सले दोस्रो ओभरमै पहिलो विकेट गुमाएको थियो ।

उसले आठ ओभरमा छ विकेट गुमाउँदै ४३ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि म्याक्स ओडाउडले २० रन बनाउनुभयो । यस्तै कप्तान पिटस शेलारले १३ रन बनाउनुभयो ।

अन्तिम समयसम्म सेवास्टियन ब्राटले आफ्नो टोलीलाई साथ दिनुभयो । उहाँले अविजित २६ रनको योगदान दिनुभयो । अन्य खेलाडीले भने रन बनाउन सक्नुभएन । नेदरल्याण्डसका दुई खेलाडी रनआउट हुनुभयो ।

बलिङतर्फ नेपालका करण केसीले तीन, कमलसिंह ऐरी र सन्दीप लामिछानेले दुई–दुई तथा अविनाश बोहराले एक विकेट लिनुभयो । लामिछानेले आज पनि उत्कृष्ट बलिङ गर्नुभयो ।

उहाँले चार ओभरमा २६ रन खर्चिदैँ दुई विकेट लिनुभयो । लामिछाने सिरिजमा सर्वाधिक विकेट लिने खेलाडी बन्नुभएको छ । उहाँले पाँच खेलमा १३ विकेट लिनुभयो ।

तपाईंलाई यो सामग्री पढ्दा कस्तो लाग्यो ?

Advertisement